दफा
परिषद्को काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोेजिम हुनेछ ः–
(क) इन्जिनियरिङ व्यवसाय सूचारु रुपबाट संचालन गर्नको लागि आवश्यक नीति, योजना तथा कार्यक्रमहरु तयार गरी त्यसको कार्यान्वयन गर्ने,
(ख) इन्जिनियरिङ शिक्षा दिने शिक्षण संस्था र त्यस्ता संस्थाहरुले प्रदान गरेका प्रमाणपत्र तथा उपाधिहरुलाई तोकिए बमोजिम मान्यता दिने,
(ग) इन्जिनियरिङ व्यवसाय : गर्नको लागि आवश्यक योग्यता निर्धारण गर्ने र योग्यता पुगेका इन्जिनियरको नाम दर्ता गर्ने प्रयोजनका लागि लिइने परीक्षाको पाख्यक्रम तयार गर्ने, परीक्षा लिने र उत्तीर्ण भएका व्यक्तिलाई नाम. दर्ता प्रमाणपत्र प्रदान गर्ने,
(घ) दर्तावाला इन्जिनियरले तोकिए बमोजिमको व्यवसायिक आचार संहिताको उल्लंघन गरेमा वा पालना नगरेमा तोकिए बमोजिमको कार्यविधि पूरा गरी त्यस्तो इन्जिनियरको नाम परिषद्बाट हटाउने ।
(ङ) इन्जिनियरिङ विषय अध्ययन, अध्यापन गराइने शिक्षण संस्थाहरूको पाठ्यक्रम, शैक्षिक मापदण्ड तथा परीक्षा प्रणाली सम्बन्धी नीतिको पुनरावलोकन र सूल्याङ्कन गरी सम्बन्धित विश्वविद्यालय र नेपाल सरकार वा सम्बन्धित प्रदेश सरकारलाई सिफारिस गर्ने,
(च) इन्जिनियरिङ विषय अध्ययन, अध्यापन गराइने शिक्षण संस्थाको विद्यार्थी भर्नाका आधार र शर्तहरू तथा शिक्षण संस्थाको भौतिक पूर्वाधार तोक्ने र अनुगमन तथा मूल्याङ्कन गरी सोको उल्लङ्घन गरेको पाइएमा त्यस्ता शिक्षण संस्थालाई प्रदान गरिएको स्वीकृति रद्द गर्न सम्बन्धित विश्वविधालयलाई सिफारिस गर्ने,
(छ) इन्जिनियरिङ व्यवसायीको हक, हित: अभिवृद्धि गर्न अध्ययन, अनुसन्धान, गोष्ठी तथा अन्य आवश्यक कार्यक्रम गर्ने, र
(ज) इन्जिनियरलाई व्यावहारिक /अनुभव दिलाउन तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने।